Logo

एक आपसमा धार्मिक आस्थाको सम्मान गर्दै राष्ट्रिय एकता जोगाउन ओलीको आव्हान



काठमाडौं,१७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जात र धर्मबीच सामाजिक सद्भाव कायम गर्न जोड दिएका छन् ।

बाँकेको नेपालगञ्जमा हिन्दू र मुस्लिमबीचको धार्मिक सद्भाव खलबलिने स्थिति सिर्जना भएकोतर्फ सचेत रहन आग्रह गर्दै ओलीले एक आपसमा धार्मिक आस्थाको सम्मान गर्दै राष्ट्रिय एकता जोगाउन आव्हान गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो आव्हान गरेका हुन् । ‘हाम्रो समाजको मुख्य विशेषता विविधता बीचको एकता र आपसी सहिष्णुता हो। एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र अस्थाहरु नेपाल भूमिमा सधैं संरक्षित हुँदै आएका छन्। पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्ज लगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको छ। एक आपसमा धार्मिक आस्थाको सम्मान गरौं । हाम्रो राष्ट्रिय एकता जोगाऔं ’। ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।

नेपालगञ्जमा केहि दिनदेखि हिन्दु र मुस्लिम समूदायबीच धार्मिक सद्भाव भड्किने गतिविधि भइरहेका छन् । जसको कारण उत्पन्न हुने सम्भावित हिंसा रोक्न भन्दै प्रशासनले अनिश्चितकालन कर्फू आदेश जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्