Logo

आईओई परीक्षा बोर्डका पदाधिकारीले दिए सामूहिक राजीनामा



काठमाडौं,१७ असोज । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) प्रवेश परीक्षा बोर्डका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बोर्डका पदाधिकारीले मंगलबार डिन कार्यालयले पठाएको पत्र अनुसार असोज १७, १८ र १९ गते फारम लिएर २२ गते परीक्षा सञ्चालन गर्न नसकिने भन्दै मंगलबार राजीनामा बुझाएको जनाएको छ ।

सोमबारमात्रै इन्जिनियरिङको स्नातकतर्फ पुरानै शुल्क कायम गरेर नयाँ भर्ना दिने निर्णय भएको विज्ञप्ति सार्वजनिक भएको थियो । तर, उत्त, विज्ञप्ति विद्यार्थी संगठन र स्ववियुले डीन र सहायक डीनलाई अपहरण शैलीमा थानकोट थानकोट पुर्याएर जारी गरेको खुलेपछि असन्तुष्ट बनेका पदाधिकारीले सामूहिक राजीनामा बुझाएका हुन् ।

तर, त्यस मितिमा प्रवेश परीक्षा लिन नसकिने भन्दै बोर्डका अध्यक्ष प्राडा. शुशीलबहादुर बज्राचार्य, सदस्यहरु सहप्राध्यापक डा. सञ्जीवप्रसाद पाण्डे, उपप्राध्यापक किरणचन्द्र दाहाल, सदस्य सचिव विदुर ढकाल र सल्लाहरकाहरु सहप्राध्यापक डा.सुरज लामिछाने परीक्षा शाखाका सहायक डीन प्राडा हिक्मत राज जोशीले राजीनामा दिएका हुन् ।

आईओईले साउन २५ गते स्नातकतर्फको नयाँ भर्नामा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध चौतर्फी आलोचना भएको थियो । आन्दोलन र आलोचना बढ्दै गएपछि विद्यार्थी संगठन र संस्थानबीच शुल्क पुनरावलोकन गर्ने समझदारी भएको थियो । तर, उक्त समझदारीअनुसार पनि संस्थानको विवाद सुल्झन सकेको छैन् । बोर्डको राजीनामासँगै २२ गते असोजदेखि तोकिएको प्रवेश परीक्षा नहुने पक्का भएको छ ।



प्रतिक्रिया दिनुहोस्