Logo

आईओईले अनिश्चित कालका लागि स्थगित गर्यो बि.ई/बि.आर्क प्रवेश परीक्षा



काठमाडौं, १७ असोज । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान डीन कार्यालयले स्नातक तह (बि.ई/बि.आर्क) प्रवेश परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ ।

प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुले संयुक्त राजिनामा दिएको भन्दै प्रवेश परीक्षा स्थगित गरिएको हो ।

‘त्रि.वि. इन्जिनियरिङ्ग अध्ययन संस्थान डीन कार्यालय प्रवेश परीक्षा बोर्ड २०८०/०८१ का पदाधिकारीहरुले मिति २०६०।०६।१६ गते संयुक्त राजिनामा दिएको कारणले इ.अ.सं. कार्यालयको मिति २०६०।०६।१६ को निर्णयानुसार प्रवेश परीक्षा २०८० सम्बन्धि कार्यक्रम अर्को सूचना प्रकाशित नहुन्जेल हाललाई स्थगन गरिएको व्यहोरा आदेशानुसार सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’– आईओईका शाखा अधिकृत निरज कुमार वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot