Logo

अफगानिस्तानमा हातहतियार फेला



सारीपुल (अफगानिस्तान), १७ असोज । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा प्रहरीले आरपीजी–७ सहित हतियार र गोलाबारुद फेला पारेको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नजारीले केही दिनअघि उक्त प्रान्तमा गरिएको शृङ्खलाबद्ध अपरेसनमा चार टुक्रा एकेएम, एउटा मेसिनगन, एउटा आरपीजी–७ रकेट लन्चर र अमेरिकामा बनेको एम१६ एसल्ट राइफल बरामद गरिएको बताए ।

उनका अनुसार अपरेसनका क्रममा हजारौँ गोली र प्रोजेक्टाइल पनि बरामद गरिएको छ ।

यस्तै कारवाहीका क्रममा प्रहरीले शुक्रबार पूर्वी अफगानिस्तानको पन्जसिर प्रान्तमा पनि हतियार र गोलाबारुद फेला पारेको थियो । रासस/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot