काठमाडौं, असोज १८। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । दिउँसो १ बजे बोलाइएको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेस गर्ने कार्यसूची रहेको छ ।
सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताब माथि प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ ।साथै, पूर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।