Logo

विपद् जोखिम न्यूनीकरण प्राधिकरणको बैठक जारी, बझाङ भूकम्प प्रभावितकाबारेमा निर्णय हुने



काठमाडौं,१८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा विपद् जोखिम राष्ट्रिय न्यूनीकरण प्राधिकरणको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । आजको बैठकले गत मंगलबार बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दू भएर गएको भूकम्पबाट पुगेको क्षतिको बारेमा छलफलल हुनेछ । त्यस्तै आजकै बैठकले उक्त भूकम्पमा परि धनजन गुमाएकाहरुलाई आवश्यक क्षतिपूर्ति दिनेबारेमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बार्हौ बैठक सिंहदरबारमा बसेको हो ।



प्रतिक्रिया दिनुहोस्