Logo

एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपानेलाई जापानमा भब्य स्वागत



जापान, असोज १८ । एनआरएनए अभियानका क्रममा जापान पुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसिका सचिव खगेन्द्र न्यौपानेलाई जापानमा भब्य स्वागत गरिएको छ । संघको आगामी कार्यकालका लागि उपाध्यक्ष पदका प्रत्यासी रहेका न्यौपानेलाई जापानमा स्वागत गरिएको हो । संघको एघारौं महाधिवेशन नजिकिएसँगै उनी विभिन्न देशको भम्रणमा निस्किएका छन । विभिन्न एसीसीहरूमा पुगेर प्रतिनिधिसँग अन्तरक्रिया गर्ने न्यौपानेको योजनाअनुसार युरोप,मध्यपुर्वको भर्मणपछि न्यौपाने जापान पुगेका हुन ।

उनलाई जापानमा एनसीसी अध्यक्ष नविन न्युरेसहित आइसीसी उपाध्यक्ष भुषण घिमिरे, युवा उपाध्यक्ष रोशन थापा, आईसिसि उपमहासचिव ओम गुरुङ,एशिया प्याशिफिक संयोजक डिपी कँडेल,पुर्व आईसिसि युवा संयोजक सुदन थापा,जापानका निर्वतमान अध्यक्ष शिव प्रसाद पौडेल,आईसिसि सदस्य रोविन शेरचन लगायत एनसिसि जापानका पदाधिकारीले स्वागत गरेका हुन । जापानको अध्ययन भर्मणका क्रममा न्यौपानले जापानमा नेपालीले भोग्दै आएका विविध समस्याका विषयमा चासो राखेका थिए । न्यौपाने मलेसिया र नेपालका सफल व्यवसायी हुन ।

उनले मलेसियामा सेक्युरिटी कम्पनी र ट्राभल्स संचालन गरेका छन भने नेपालमा पनि हाइड्रोपावर, ट्राभल्स,रियल ट,हस्पिटालिटि,शेयर बजारलगाएत विभिन्न क्षेत्रमा लगानी गरेका छन ।एनसिसि मलेसियाको उपाध्यक्ष,आईसिसि सदस्य,अध्यक्ष,एशिया प्याशिफिकको सहसंयोजक,आईसिसि सचिव रहेर सफल कार्यकाल संपन्न गरेका न्यौपानेले एनआरएनएको आगामी अधिवेसनमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन ।

आगामी अधिवेसनमा उपाध्यक्षमा अग्र स्थानमा आफ्नो नाम लेखाउन सफल न्यौपानले आफ्नो अभियानलाई विश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई साथ समर्थन दिन आग्रह गरेका छन । उनले आफू यस अभियानमा कुनै स्वार्थको लागी नआएको र एनआरएनए अभियानमा केही दिनको लागी आएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot