Logo

नेपालगञ्जमा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा भने जारी



काठमाडौं, असोज १८ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको हो। आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आर्चाले बताएका छन्।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको उनले जनाएका छन्। बुधवारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot