काठमाडौं, १८ असोज । इमर्जिङ्ग नेपाल लिमिटेडको हिजो (बुधबार) बसेको ७९औँ सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा विशाल उप्रेतीलाई नियुक्त गरेको छ ।
कम्पनीले उप्रेतीलाई असोज १८ गते (बिहीबार) देखि लागु हुनेगरि ४ वर्षका लागि नियुक्त गरेको हो । उप्रेती यसअघि एन आई सी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए ।
उप्रेतीले भारतको Institute of Chartered Accountants of India बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् । पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित उक्त कम्पनीले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास लिएको छ ।