Logo

ओलीले संसद्मा केवल बोल्न र विरोध गर्नका लागिमात्रै दुईघण्टा समय बर्वाद गर्नुभयोः सांसद राई



काठमाडौं,१८ असोज । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले संसद्मा पूर्व प्रधानमन्त्रीहरुको हैसियतमा बोल्ने नेताहरुलाई पनि समय निर्धारण गर्न माग गरेकी छन् ।

बिहीबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद राईले गत मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतामा बोलेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बोल्न र विरोधकै लागि मात्रै दुई घण्टा समय बर्बाद गराएका आरोप लगाएकी छन् ।

‘अघिल्लो बैठकमा पूर्व प्रधानमन्त्रीले दुईघण्टा तीन मिनेट बोल्दा आफू सत्ता बाहिर बस्नुपर्दाको आक्रोश, कुण्ठा पोख्नुबाहेक सारमा केहीपनि आएन गठबन्धन सरकारलाई गालीमात्रै होइन् प्रधानमन्त्रीज्यूलाई दुस्मनीको शैलीमा प्रस्तुत हुनुभयो’ सांसद राईले भनिन्



प्रतिक्रिया दिनुहोस्

Screenshot