Logo

उपेन्द्रविरुद्ध जनमतबाट चुनाव लडेका शिवचन्द्र एमाले प्रवेश



काठमाडौं,१८ असोज । जनमत पार्टीबाट बारा-२ मा भएको उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध मैदान उत्रिएका पूर्व माओवादी नेता शिवचन्द्र कुशवाहा एमाले प्रवेश गरेका छन् ।

नेकपा एमालेको पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा अ‍ोलीलगायतबाट टीक लगाउँदै कुशवाहा एमाले प्रवेश गरेका हुन् ।

कुशवाहले अहिलेको माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब ती पूर्वएमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने बताए । उनले आफू पनि जनयुद्ध अगाडि एमाले नै रहेकाले ३० वर्षपछि घर फर्किएको बताए ।

उपनिर्वाचनको मुखैमा माअ‍ोवादी त्यागेर जनमत प्रवेश गरेका कुशवाहा चुनावमा जसपाका अध्यक्ष यादवसँग भारी मतले पराजित भएका थिए । उक्त चुनावमा जनमत पार्टीका अध्यक्ष सिके राउतले नै सहयोग नगरेको आरोप लगाउँदै केहि दिनपछि जनमत त्यागेको घोषणा गरेका उनी एमालेको मधेश प्रदेश अधिवेशनको मुखैमा पार्टी प्रवेश गरेका छ्न ।



प्रतिक्रिया दिनुहोस्