Logo

आममाफीको निर्णय गरेर भाग्न पाइँदैन, सरकारले सदनलाई जवाफ दिनुपर्छः गगन थापा



काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सरकारले बताउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै थापाले संविधान र कानुनको अपव्याख्या गरी भएको उक्त निर्णयमा सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।

‘संविधान सभाले बनाएको संविधान, यो संविधानले बनाएको कानुन र त्यो कानुनको सन्दर्भमा अहिले आएर अपव्याख्या भएकोले गर्दा अब फेरी वर्डन हाम्रो काँधमा आयो । यो निर्णय गलत छ । गलत भएको निर्णयको विरोध भएको छ । सदनमा भएको छ, बाहिर भएको छ, अदालतमा छ ।’ थापाले भने, ‘सदनमा यो कुरा विषय उठेको हुनले सरकारले यहाँ आएर यसको कारण हामीलाई बताउन पर्छ । यसको फेस गर्नपर्छ । जवाफ दिनुपर्छ, निर्णय आफू गरेर भाग्न पाइँदैन । हामीलाई यसको जवाफ चाहिन्छ, किन गरेको ? यत्रो सार्वजनिक प्रश्न उठेको छ । यसका बारेमा जवाफ चाहिन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot