Logo

मुल्यवृद्धिले सीमा नाघेको भन्दै रघुजीले सुनाए संसद्मा कविता



काठमाडौं,१९ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकराले चाडपर्वको बेलाामा उपभोक्तालाई राहत हुनेगरी मुल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले मुल्यवृद्धिले उपभोक्तालाई परेको असरबारे कवितामार्फत नै सरकारलाई प्रश्न गरेका छन् । उनले सरकार गरिवको दशै यसपाली कसरी टर्छ ? भन्दै प्रश्नसमेत गरेका छन् ।

यस्तो छ सांसद पन्तले संसद्मा सुनाएको कविताको अंश

खल्तीमा तलब हालेर हिँड्यो बजार 

चामलको बोराले नाघ्यो ३ हजार 

रहर दाल किलोको दुई सय पचास 

बजार भाउ सुन्दा गुम्छ होस हवास् 

तरकारीले भाउ नै नसोध भनेझै गर्छ 

गोलभेँडाले के किन्छ र तैँले भनेर आँखा तर्छ 

दसैँ पेश्की आउने कहिले कहिले 

पेश्कीमा दसैँ महँगी आयो

सरकारका घर त उज्याला होलान् 

नहुनेको घरमा अहिले नै अँध्यारो छायो 

आउन थालेको दसैँ सम्झेर जनता मुर्छा पर्छ 

सरकार गरिबको दसैँ यसपालि कसरी टर्छ 

मेरो प्रश्न छ सरकार

गरिबको दसैँ यसपालि कसरी टर्छ



प्रतिक्रिया दिनुहोस्