काठमाडौं, असोज १९। साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । बिहीबार प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।
बिहीबार १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन पनि आज सोहि मुल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्यसमेत विहिबारकै दर रेटमा प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको मुल्य ९१ हजार ९ सय ९० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९१ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय २३ रुपैयाँ कायम रहेको छ ।