काठमाडौं,१९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनाा होमिएका शिक्षकबीच भएको सहमति सदनलाई जनकारी गराउन माग गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले उक्त सहमति सरकराले सदनमा जानकारी गराउनुपर्ने बताए ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै रास्वपाका सांसद अर्यालले भने, ‘विद्यालय विधेयक आएपछि शिक्षकहरू आन्दोलनमा आउनुभयो । वार्ता गरेर सहमति गरियो । सैद्धान्तिक छलफल केमा गर्छौं ? विधेयक कि वार्ताको विषयमा ? यो अस्पष्ट छ । मन्त्रीज्यूले शिक्षकसँग भएको सहमतिबारे सदनलाई जानकारी गराउनुपर्छ ।’