Logo

शिक्षा विधेयक सबैको सहमितमा टुंग्याउनुपर्छ: कांग्रेस सचेतक लेखक



काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकका बारेमा देखिएका समस्याहरु सबै दलको सहमतिमा टुंग्यानुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् ।

लेखकले भने,‘शिक्षा विधेयकलाई संविधानको मूल्य मान्यता र भावनाअनुसार सरोकारवालाहरूबाट उठेको सबै चासो र चिन्ताको विषयलाई पनि समेटेर सहमतिको साथ यो विधेयकलाई निष्कर्षमा पुर्‍याउनुपर्छ । र, सकिन्छ भन्ने लाग्छ ।’

उनले विधेयकमाथि उठेका सरोकारवालाको सबैको विचार  र आमनागरिकका धारण बुझेर सदनमै छलफल चलाएर जानुपर्ने बताए। उनले भने,’ विधेयकमा विभिन्न कोणबाट विषयहरू उठेका छन्। छलफल चलाएर गम्भीरतापूर्वक टुंग्याउनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्