Logo

सरकारले शिक्षालाई व्यापारको थलो हो भन्ने भाष्य निर्माण गर्‍यो: लेखा समिति सभापति पोखरेल



काठमाडौं,१९ असोज । नेकपा एमालेका सांसद तथा संघीय संसद्को लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारले शिक्षा क्षेत्रलाई व्यापारको थलो बनाएको आरोप लगाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पेश गरेको विद्यालय शिक्षा विधेयककाबारेमा आफ्नो धारणा राख्दै संसद्को लेखा समितिका सभापतिसमेत रहेका पोखरेलले सरकारले स्वार्थ बाझिनेगरि विद्यालय चलाईरहेका नेतालाई विभागीय मन्त्रालयको जिम्मेवारी दिएर शिक्षा क्षेत्रलाई व्यापारको थलो बनाएको आरेप लगाएका हुन् ।

उनले भने ‘ सरकारले शिक्षा हाम्रो भविष्य निर्धारणको आधार हो भन्नेकुरा कहिल्यै बुझेन् ।रिट्र्याड शिक्षक, इन्जिनियर, विज्ञ, डाक्टरहरुलाइ घरमा राखेर रिट्यार्ड तलब दियो । तर ती योग्यता र अनुभवहरुलाई उनीहरुको अनुभव र ज्ञान, सीपलाई प्रयाग गरेर पाठ्यक्रमको निर्माण, भोलिको हाम्रो देशको भविष्य निर्धारण गर्नमा उनीहरुलाई कहिल्यै कतै प्रयोग गरेन ’ उनले भने ‘शैक्षिक केन्द्रहरु शिक्षाक्षेत्र ज्ञान हो भन्ने कुराको संस्कार र संस्कृतिलाई निस्तेज गर्यो । धर्म हो भन्ने कुराको बारेमा सरकारले नजरअन्दाज गर्यो । मानव सभ्यताको लागि शिक्षा अनिवार्य हो भन्नेकुरा सरकारले भूल्यो । सरकारले नेपालको शिक्षाक्षेत्रलाई व्यापारको रुपमा बुझ्यो’। उनले भने ।



प्रतिक्रिया दिनुहोस्