Logo

शिक्षा मन्त्रीलाई प्रदीपको प्रश्न: शिक्षकहरूसँग गरिएका सहमति विधेयकमा कसरी समेटिन्छ ?



काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले विद्यालय शिक्षा विधेयकका बारेमा देखिएका सबै समस्याहरु हल गरेरमात्रै पास गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदसमेत रहेका पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई शिक्षकहरूसँग गरिएका सहमति कसरी शिक्षा विधेयकमा समेटिन्छन् भन्ने प्रश्न गरेका छन्।

‘विद्यालय शिक्षा विधेयक सदनमा छलफलका लागि आएको छ। तर यसले जुन खुसी ल्याउनुपर्ने, आशा सञ्चार गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन,’ उनले भने, ‘शिक्षा मन्त्रीलाई पनि थाहा छ, नेपालमा दुई लाख हाराहारीमा शिक्षक छन्। उनीहरू यस विषयको मुख्य सरोकारवाला हुन् तर उनीहरूसँग संवाद नगरी विधेयक दर्ता भयो।’

सरकारले नेपाल शिक्षक महासंघ र राहत शिक्षकहरूसँग विभिन्न विषयमा सहमति गरेको थियो।

विधेयक दर्तापछि शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले सम्झौता गरेको उनले बताए। ‘शिक्षा मन्त्रीलाई मेरो प्रश्न छ, शिक्षकहरूसँग गरिएका सहमति विधेयकमा कसरी समेटिन्छरु,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्