Logo

कोशीको सरकार जोगाउन ओलीले गुहारे प्रचण्ड



काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (४) बमोजिम उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । राजनीतिक अस्थिरताको बीच कोशीमा कार्की नेतृत्वमा अल्पमतको सरकार बनेको थियो ।

कोशी सरकार जोगाउनका लागि आज एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहयोग मागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दाहाल–ओलीबीच कोशीको संकट टार्नका लागि एक घण्टाभन्दा लामो समय छलफल भएको थियो ।

प्रदेश सभाबाट विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ । कार्कीले विश्वासको मत नपाउँदै गर्दा संविधानको धारा १६८ (५) बमोजिम सरकार गठन हुन्छ ।

संविधानको धारा १६८ (५) लाई निर्दलीय धाराको रुपमा पनि व्याख्या गर्न थालिएको छ । १६८ (५) बमोजिम सरकार गठन भए प्रदेशमा राजनीतिक अस्थिरता झनै बढेर जाने र अन्ततः माध्यावधि निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्