Logo

बझाङमा आजपनि ५.३ म्याग्निच्युडको भुकम्प



काठमाडौं, २० असोज । बझाङमा फेरि परकम्प गएको छ । आज (शनिबार) बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प गएको छ । यसअघि असोज १६ गते दिउँसो पौने ३ बजे मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भुकम्पमा परी एक जनाको निधन भएको छ । घरहरु भत्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल भुकम्प गएको तीन दिनपछि हिजो (शुक्रबार) प्रभावित क्षेत्र पुगेका थिए । तर, स्थानीयहरु निराश छन् । सरकारी टोली पुगेपनि राहत भने नपुेको उनीहरुको गुनासो छ । file photo



प्रतिक्रिया दिनुहोस्