Logo

एमाले उपत्यका विशेष प्रदेशको अध्यक्षमा पराजुली सर्वसम्मत, यी हुन् अन्य पदाधिकारी



काठमाडौं,२१ असोज । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत भएका छन् । आज सम्पन्न प्रथम अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजाल ब्याक भएपछि पराजुली अध्यक्षमा सर्वसम्मत भएका हुन् । उनी यसअघि पनि सो कमिटीमा अध्यक्षनै रहेका थिए ।

त्यस्तै उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल र उपसचिवमा जीतेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध चयन भएका छन् ।

पेशागत जिल्ला कमिटीका बाहेक अन्य सबै सदस्यसमेत निर्विरोध चयन भएका छन् । पेशागतको भने आजै बागबजारस्थित हार्दिक होटलमा चुनाव हुने भएको छ ।

गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको सदस्यहरू पनि सबै निर्विरोध निर्वाचित भएका छन । कुल तीन सय चार प्रतिनिधि रहेको अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेका छन ।



प्रतिक्रिया दिनुहोस्