काठमाडौं,२१ असोज । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बेनामी उजुरीले निर्माण व्यवसायीलाई अप्ठ्यारोमा पारेको भन्दै सरकराको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा उनले बेनामी उजुरीका कारण विकास निर्माणको गति नै ढिला भएको जिकिर गरे ।
“हुन त सुशासन कायम गर्नका लागि सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसनधान अयोगमा बेनामी उजुरी दिने व्यवस्था गरिएको हो । तर, बेनामी उजुरीका कारण विकास निर्माणको काममा बाधा पुगिरहेको छ,” सांसद भण्डारीले भने, “अख्तियारले पनि यस्ता बेनामी उजुरीमा लामो समयसम्म अनुसन्धान नगर्दा यसले हाम्रो विकास निर्माणलाई प्रभावित पारिरहेको छ ।”