Logo

सुदूरपश्चिम पुगेका ओलीले गरे शहीद गोविन्द गौतमको सालिकमा माल्यार्पण



काठमाडौं,२१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश पुगेका छन् । आजबाट सुरु हन लागेको एमालेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्न ओलीसहितका शीर्ष नेताहरु सुदूरपश्चिम पुगेका हुन् ।

सुदूरपश्चिम पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले कञ्चनपुरको पुर्नवास नगरपालिकामा रहेको शहीद गोविन्द गौतमको सालिकमा माल्यापर्ण गरेका छन् ।

ओलीसहितका नेता कञ्चनपुर पुनर्वास नगरपालिका-४ स्थित शहीद गोविन्द गौतम पार्क पुगेका थिए । २०७३ फागुन २६ गते सीमा अतिक्रमका विरुद्ध आन्दोलनमा भरतीय सीमा सुरक्षा बल एसएसबीको गोलि लागेर गौतमको मृत्यु भएको थियो ।

गौतमको सालिकमा माल्यापर्ण गर्न एमाले अध्यक्ष ओलीसहित सचिवद्धय छविलाल विश्वकर्मा र लेखराज भट्टपनि पुर्नवास पुगेका थिए । भारतीय पक्षसँगको विवादपछि उत्पन्न हिंसात्मक घटनामा ज्यान गुमाएका गौतमलाई नेपाल सरकारले शहीद घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्