Logo

सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार, झलनाथ खनाल प्रतिष्ठानको आठ विघाभन्दा बढि जग्गा र स्कार्पियो गाडी जफतको मागदावी



काठमाडौं, २१ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको निश्कर्ष निकालेको छ ।

सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानलाई प्रदेश सरकारले २०७६/०७७ को बजेटबाट रकम विनियोजन गरेको थियो ।
अख्तियारले उक्त रकममा व्यापक भ्रष्टाचार भएको भन्दै मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार, लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादु खड्का, प्रठिष्ठानका अध्यक्ष रेवती प्रसाद पन्त, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेम कुमार श्रेष्ठ, प्रतिष्ठान सञ्चालक समितिका महासचिव नबराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्को नाममा सर्लाही लालबन्दी नगरपालिका–१ मा रहेको ८ बिघा ९ कट्टा ६.३३ धुर जग्गा र संस्थाको नाममा रहेको सवारी दर्ता नं. प्रदेश ३ ०१ ०२३ च ४७३४ को चारपाङ्ग्रे सवारी साधन (महिन्द्रा स्कार्पियो) जफतको मागदावी लिएको छ ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, मधेशका पूर्वमन्त्रीसहित ७ जना विरुद्ध मुद्दा



प्रतिक्रिया दिनुहोस्

Screenshot