काठमाडौं,२१ असोज । आर्थिक विश्वासघातको आरोपमा पक्राउ परेका ओएसआर डिजिटलका मालिक ओमप्रकाश अग्रवाललाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
शुक्रबार रारी पक्राउ परेका अग्रवाललाई ४ दिन हिरासतमा राख्न आज काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । फिल्म ‘प्रसाद २’ का निर्माताको उजुरीपछि पक्राउ परेका हुन् ।
प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिनै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।