Logo

बजेटमा उल्लेख गरेअनुसार सरकारले कामै गर्न नसकेको स्वर्णिम वाग्लेको दाबी



काठमाडौं,२१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकरले बजेटमा उल्लेख गरेअनुसारका काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थविद्समेत रहेका सांसद वाग्लेले आचु आर्थिक वर्षको समयसीमा भित्ररहेर सरकार आफैले तोकेकोसमेत काम गर्न नसकेको दाबी गरेका छन् ।

‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि भएको छैन। कसिलो आयात र मौद्रिक नीतिले गर्दा शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिए पनि सरकार आफैँले गर्छु भनेका काम कत्ति पनि नभएकोतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने, ‘यो बजेट म ४ महिनापछि फेरि पल्टाएर हेर्दैछु। धेरै कुरा असारसम्म गर्ने भनिएको थियो। केही कुरा साउनसम्म गर्छु भनिएको थियो। कुनै पनि पूरा भएका छैनन्। हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो। तर त्यो स्पिरिट अनुसार काम भएको छैन।’

उनले अनेक निराशाबीच राष्ट्र बैंकले केही कसिला नीतिहरुलाई खुकुलो गरेको बताए। ‘त्यसको म स्वागत गर्न चाहन्छु। अर्थतन्त्रमा यसले केही राहत मिलेको छ’, उनले भने, ‘तर आर्थिक दुरावस्थाका लागि खाली केन्द्रिय बैंकलाई मात्रै जिम्मेवार ठहर्‍याउने परिपाटीबाट हामीले छुटकारा पाउनै पर्छ।’



प्रतिक्रिया दिनुहोस्