Logo

प्रधानमन्त्री प्रचण्डद्धारा मन्त्रिपरिषद्को विशेष बैठक आव्हान



काठमाडौं,२२ असोज । मन्त्रिपरिषद्को विशेष बैठक आव्हान भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान इजरायलमा भएको आक्रमण र त्यसपछि उत्पन्न परिास्थितिको बारेमा गहन ढंगबाट छलफल गर्न मन्त्रिपरिषद्को विशेष बैठक आव्हान गरेका हुन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्नेछ । त्यस्तै आजै साँझ ५ बजे प्रधानमन्त्री दाहालले सर्वदलीय बैठकसमेत आव्हान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बैठक बोलाइएको हो । बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।

शनिबार बिहान बिद्रोही समूह हमासले गरेको आक्रमणमा परेर १० जना नेपालीको निधन भएको दूतावासले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्