काठमाडौं,२२ असोज । सुदूरपश्चिम प्रदेश सरकारले गत शनिबार इजरायलमा बिद्रोही समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गुमाएका ७ जनालाई जनही २ २ लाख दिने भएको छ ।
आज मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणमा परेर ज्यान गुमाएका प्रदेशभरका ७ जनाको परिवारलाई राहातस्वरुप २ लाख दिने निर्णय भएको जानकारी दिए ।
हमास समूहको आक्रमणमा परेर सुदूरपश्चिम प्रदेशकामात्रै ७ जनाले ज्यान गुमाएका छन् । मुख्यमन्त्री शाहले इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन केन्द्र सरकारलाई आग्रह गरेका छन् ।