Logo

इजरायल घटनाबारे पूर्वराजाले भने: नेपालले शान्त कूटनीतिक क्षमता देखाउनुपर्‍यो



काठमाडौं,२२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको बिद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको र केही घाइते भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले अध्ययन र रोजगारीका सिलसिलामा इजरायलमा रहेका हजारौँ नेपाली युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा आफूलाई चिन्ता लागेको जनाएका छन् ।

उनले भनेका छन्, “यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीहरुलाई स्वेदश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइहाल्नुपर्ने आवश्यकता रहेको हामीले महसुस गरेका छौँ ।”

यस्तो छ पूर्व राजाले जारी गरेको विज्ञप्ति



प्रतिक्रिया दिनुहोस्