Logo

माधव नेपालको टिप्पणी : ‘राजनीतिमा हामी पनि छौँ, हामी अरूभन्दा फरक हौँ’



काठमाडौं, २२ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतिमा सबै उस्तै हुन् भन्ने भाष्य रहेको भन्दै आफूहरु अरुभन्दा फरक रहेको दाबी गरेका छन् । उनले देशमा मौलाएको विकृतिको अन्त्य गर्न आफ्नो दलले समाजवादी जागरण अभियान चलाएको र अभियानमा जनताको ठूलो साथ रहेको दाबी गरे ।माधव नेपालको टिप्पणी ः ‘राजनीतिमा हामी पनि छौँ, हामी अरूभन्दा फरक हौँ’

आज (सोमबार) रुपन्देहीको बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘यहाँ हरेक क्षेत्र बिग्रेको छ । संसदीय फाँटमा पनि उस्तै छ । राज्य शक्तिमा शक्ति केन्द्रित हुँदा विकृति बढ्छ । समाजमा रहेका हरेक प्रकारका विसंगतीको अन्त्य गर्नु जिम्मेवार पार्टीको कर्तव्य हो । जसको सुरुवात हामीले गरेका छौँ। हाम्रो पार्टीले अगुवाइ गरेको छ । सबै उही र उस्तै हुन् भन्ने भाष्य गलत छ। सही होइन । राजनीतिमा हामी पनि छौँ। हामी अरूभन्दा फरक हौँ ।’ file photo



प्रतिक्रिया दिनुहोस्