Logo

हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोकको घोषणा



काठमाडौं,२२ असोज । सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई जनही १० लाख दिनेसमेत निर्णय गरेको शर्माले जानकारी दिइन् ।

शनिबारबाट सुरु भएको हमास समूहको आक्रमणमा परेर हालसम्म १० जना नेपालीसहित सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् । भने हजारौं नागरिकहरु प्रभावित भएका छन् ।

(यसअघि समाचारमा मंगलबार बिदा दिइएको भन्ने विषय उल्लेख भएकाले सच्याइएको छ–सं)



प्रतिक्रिया दिनुहोस्