Logo

हमासको आक्रमण रोक्न माग गर्दै राष्ट्रसंघ कार्यालय अगाडि अनेरास्ववियुको धर्ना



काठमाडौं,२२ असोज । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणमा परेका नेपाली विद्यार्थीहरुलाइ तत्काल उद्दार तथा बाच्न पाउने अधिकारको ग्यारेन्टीको माग राख्दै नेपाल स्थित संयुक्त राष्ट्रसंघको कार्यलयमा अनेरास्ववियुले धर्ना दिएका हो ।

अनेरास्ववियुले नेपालस्थित राष्ट्र संघको कार्यालयमा ज्ञापनपत्र बुझाउँदइजरायलमा भइरहेको आक्रमण रोक्न माग गरेको छ । त्यसका लागि महासंघले पहल गर्नुपर्ने अनेरास्ववियुको भनाइ छ ।

शनिबारबाट सुरु भएको हमास समूहको आक्रमणमा परेर हालसम्म १० जना नेपालीसहित सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् । भने हजारौं नागरिकहरु प्रभावित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्