Logo

दुर्गा प्रसाईंलाई युवाहरुले तह लगाएको महेश बस्नेतको टिप्पणी, युवा संघको तागत ननाप्न चेतावनी



काठमाडौं, २२ असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कालो मोसो दलिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई युवा संघको तागत ननाप्न चेतावनी दिएका छन् ।

आज (सोमबार) काठमाडौंको जमलमा रहेको होटेल एल्लो पगोडामा आयोजित पत्रकार सम्मेलन समापन गरेर निस्किने क्रममा प्रसाईंमाथि कालो मोसो दलिएको थियो । प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतको नाम लिएर पैचों तिर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा महेश बस्नेतले प्रसाईंलाई युवाहरुले आज तह लगाएको प्रतिक्रिया दिएका छन् ।

बस्नेतले लेखेका छन्-

बैक तथा बित्तीय संस्थालाई चुनौति दिने, बिभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ ।यस्तालाई सरकारले कारवाही गरोस । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई ! कालो मोसो दलिएपछि केपी ओली र महेश बस्नेतलाई दुर्गा प्रसाईको चेतावनी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालो मोसो दलिएपछि त्यसको आरोप एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै नेता महेश बस्नेतमाथि आक्रोश पोखेका छन् । प्रसाईंले आज (सोमबार) काठमाडौंको जमलमा रहेको होटल यल्लो पकोडामा पत्रकार सम्मेलन गरेका थिए । सो कार्यक्रममा दर्जनौं क्यामेराहरु थिए । कार्यक्रम समापन भएर प्रसाईं आफ्नो गाडी चढेर हिँड्ने क्रममा उनी कालो मोसो दलिन पुगे । कालो मोसो दल्नेहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद नारा लगाएको कारण प्रसाईंले ओलीको नाम लिएर पैंचो तिर्ने बताएका छन् । प्रसाईंले फेशबुकमा लेखेका छन्
हजुरबुबा के पी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघ लाई धन्यवाद छ १
तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ १
प्रतीक्षा गर्नुहोस् ११



प्रतिक्रिया दिनुहोस्