Logo

रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच जना घाइते



काठमाडौं, असोज २३ । रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा हिजो बेलुका ट्रक दुर्घटना हुँदा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot