काठमाडौ, २३ असोज । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगर मातहतमा रहेका कुकुरको व्यवस्थापन गर्न बन्ध्याकरण अभियान चलाउने घोषणा गरेका छन् । चुनाब बेला घरदैलो कार्यक्रम जस्तै अहिले महानगरको कलसेन्टरमा कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि महानगरले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सञ्चालन गर्ने गर्न लोगको उनले जनाएका छन् ।
समाजिक सञ्जाल फेसबुकमा लेख्दै बालेनले भनेका छन् –’चुनाव बेला घरदैलो गर्दा होस वा कल सेन्टरमा गुनासो काठमाडौँको मुख्य समस्या मध्य कुकुर ब्याबस्थापन पनि रहेछ । पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यस कारण सामुदायिक कुकुर र बिरालाको सङ्ख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दै छौँ ।’
मङ्गलवारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाइने उनले जानकारी दिएका छन् । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिने योजना पनि रहेको उनको भनाई छ ।
यस्तो छ बालेनले फेबबुकबाट सार्वजनि गरेको जानकारी
चुनाव बेला घरदैलो गर्दा होस वा कल सेन्टरमा गुनासो काठमाडौँ को मुख्य समस्या मध्य कुकुर ब्याबस्थापन पनि रहेछ ।पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यस कारण सामुदायिक कुकुर र बिरालाको सङ्ख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दै छौँ ।
मङ्गलवारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउनेछौँ । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिनेछौँ ।
९ वडा हुदै हामी ३२ वडा पुग्नेछौ ।
वडा ४ मा ‘पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)‘, वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन् । वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले काम गर्नेछन् ।
कार्यक्रम सञ्चालन विधि
तोकिएका सङ्घसंस्था तोकिएका वडामा जानेछन् । जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र बिराला समाउनेछन् । यसरी समातिएका कुकुर बिरालाको विवरण भएको फाराम भर्नेछन् । त्यसपछि बन्ध्याकरण गर्ने ठाउँमा लैजानेछन् । बन्ध्याकरण र खोपका क्रममा यसका प्रक्रिया र अवस्थासँग सम्बन्धित फाराम भरिनेछ । त्यसपछि आराम गराएपछि ती कुकुर बिरालालाई उनीहरू बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिनेछ । यस क्रममा पनि फाराम भरिनेछ । फारामहरूमा वडाबाट सिफारिस गर्ने, प्रमाणित गर्ने, उपचारका संलग्न चिकित्सकसहितको हस्ताक्षर हुनेछ । खोप पाएको वा बन्ध्याकरण गरिएकाहरूको कानमा सङ्केत (एअर नोच) चिन्ह हुनेछ ।
यसरी काम गर्नेहरूले वडामा भएका सबै सामुदायिक कुकुर र बिरालाको खोप र बन्ध्याकरणको काम सकेको वडाबाट सिफारिस भएपछि अर्को वडाको जिम्मेवारी दिइनेछ ।
काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर÷बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ । यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाइनेछ ।
कार्यविधिमा बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन विधि र प्रक्रिया, यस कार्य सहकार्य गर्ने सङ्घ संस्थाको छनोट प्रक्रिया, निगरानी, अभिलेखन, अनुगमन, मूल्याङ्कन र गुनासो सम्बोधन, भुक्तानी, घरपालुवा कुकुर बिरालोको व्यवस्थापनलगायत विषय समावेश छन् ।