Logo

एमाले सुदूरपश्चिमको अध्यक्षमा चार जनाको उम्मेदवारी



काठमाडौं,२३ असोज । आइतबारबाट सुरु भएको नेकपा एमाले सुदूरपश्चि प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश अध्यक्ष बन्न चार जनाले मनोनयन दर्ता गराएका छन् ।

सहमितको सबै प्रयास असफल भएपछि आजबाट सुरु भएको निर्वाचन कार्यक्रमअन्तर्गत अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका हुन् । अछामका नेतात्रय कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र कञ्चनपुरका बचनबहादुर सिंहले मनोनयन दर्ता गरेका छन् ।

उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ बजेदेखि मतदान सुरू गर्ने निर्वाचन समितिको तयारी छ।

अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएपनि नेतृत्वका आकांक्षीबीच सहमति खोज्ने प्रयास भने जारी रहेको एमालेका एक नेताले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्