Logo

इजरायल घटनामा सस्तो लोकप्रियता नखोज्न परराष्ट्रमन्त्री साउदको आग्रह



काठमाडौं,२३ असोज । परराष्ट्रमन्त्री एनपी साउदले गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमण र त्यसपछि सिर्जित परिस्थितिका बारेमा सरकार गम्भीर रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले इजरायलको अवस्था सामान्य नभईन्जेलसम्म व्यत्तिलगत,समूहगत वा दलगतरुपमा कुनैपनि भ्रमण नगर्नसमेत आग्रह गरेका छन् ।

मन्त्री साउदले समितिलाई दिएको जानकारी अनुसार हाल इजरायलमा ४ हजार ५ सयको संख्यमा कियरगिभरको रुपमा कार्यरत कामदार रहेका छन् भने, २६५ जना अर्न एण्ड लर्न अन्तर्गत इन्र्टनसिपका लागि गएका विद्यार्थी छन् ।जसमध्ये हमासको आक्रमणमा १० जनाले ज्यान गुमाएका छन् ।

बंकरमा रहेका विद्यार्थीहरुलाई इजरायली सेनाको सहयोगमा ४८ घन्टाभित्रै सुरक्षित स्थानमा सारिएको उनले बताए । स्वदेश फर्किन इच्छुक नेपालीहलाई तेल अबिबस्थित नेपाली दूतावासले अनलाइन रजिष्ट्रेसन सुरु गरिसकेको र विमान चार्टर गरेर ल्याउने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको उनले बताए ।

मन्त्री साउदले यस्तो विषम परिस्थितिमा कसैलेपनि व्यक्रिगत वा राजनैतिकरुपमा सस्तो लाकिप्रियताका नखोज्नसमेत आग्रह गरेका छ्न । उनले भने, ‘अहिलेको अवस्थालाई राजनीतिक फाइदाका लागि कसैले प्रयोग गर्ने छैन भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु ।’ मृतकहरुको शव ल्याउन सरकारले कूटनीतिक पहल गरिरहेको भन्दै मन्त्री साउदले भने, ‘यसमा सस्तो लोकप्रियता कसैले खोज्ने छैन, त्यहाँ जाने, भ्रमण गर्ने, हामीले गर्यौं भन्नेतर्फ जाने छैनन् । सरकारलाई सबैले सहयोग गर्नेछन् भन्ने म विश्वास व्यक्त गर्छु ।’



प्रतिक्रिया दिनुहोस्