Logo

कानुन समितिको बैठक बहिष्कार गर्ने सुनिल शर्माको चेतावनी



काठमाडौं,२३ असोज । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिको बैठकमा बोल्दै सांसद शर्माले कनुन समितिको सभापति माओवादी केन्द्रको सांसद बनेको भन्दै बैठक बहिष्कारको चेतावनी दिएका हुन् ।

मंगलबार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदन पेस गर्ने कार्यसूची थियो । छलफलका क्रममा सांसद शर्माले द्वन्द्वरत पक्षमध्ये एउटा पक्ष माओवादी पनि भएकाले माओवादीकै सांसद सभापति हुँदा स्वार्थको द्वन्द्व हुन भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

उनीपछि बोलेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सांसद शर्मालाई धेरै आक्रोशित नहुन आग्रह गरेका थिए ।

‘माननीयज्यू अलि एग्रेसिभ हुनुहुन्छ कि जस्तो लाग्यो । डाक्टरसाब हुनुहुन्छ सुई पनि लगाउने हो कि भन्ने डर पनि छ,’ मन्त्री गुरुङले भने, ‘हामी सबै मिलेर २०७२ मा सहमतिको संविधान जारी गरेका हौँ । इतिहासतिर फर्केर हेरौँ । बहिष्कार गरिहाल्छु भन्न हुँदैन’ । कानुन समितिकी सभापति माओवादी केन्द्रकी सांसद विमला सुवेदी छिन् ।



प्रतिक्रिया दिनुहोस्