Logo

मन्त्री बस्नेतको स्पष्टोक्ति, ‘तलब दिन नसक्ने भएपछि वीर अस्पतालका कर्मचारी निकाल्यौं’



काठमाडौं, २३ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब दिन नसक्ने अवस्थामा पुगेपछि वीर अस्पतालमा करारमा नियुक्ति गरिएका कर्मचारी निकालिएको बताएका छन् ।

आज (मंगलबार) विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोन गर्दै उनले कोभिड प्रयोजनका लागि नियुक्त गरिएका दुई सय ७६ कर्मचारी तलब दिन नसक्ने अवस्था आएपछि बर्खास्त गरिएको बताएका हुन् ।

‘वीर अस्पतालमा कोभिडको बेलामा कोभिड प्रयोजनका लागि राखिएका दुई सय चानचुन कर्मचारीहरु अहिले तलब दिन नसक्ने भएपछि निकालिएको छ,’– उनले भने ।

आफू स्वास्थ्य मन्त्री भएर आउने बेलामा पनि १० महिनादेखि तलब नपाएका फाजिल कर्मचारीको तलब भुक्तानीमा एक अर्ब २३ करोड खर्च गर्न परेको उनले स्मरण गरे । प्रधानमन्त्रीको निर्देृशनमा फाजिललाई एक अर्ब २३ करोड बाडिएको उनको भनाई छ ।

‘हिजो पनि म आउने बेलामा १० महिनादेखि तलब नपाएर बसेका सयौं कर्मचारीहरुलाई मैले त ९५ करोड भनेको थिएँ, अर्थ मन्त्रालयको एक अर्ब २३ करोड पैसा फाजिल खर्च भएको छ । समाननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा यो बाड्ने काम भएको हो । सधैंभरी फाजिलमा बाड्ने काम त भएन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot