काठमाडौं,२३ असोज । बागमती प्रदेश सभाको बर्खे अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ ।
प्रदेश सरकारले आज प्रदेश प्रमुख समक्ष पत्र लेख्दै चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो । प्रदेश सभाको अधिवेशन आजमध्य राती १२ बजेदेखि अन्त्य हुने भएको छ ।
सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० र प्रदेश सञ्चारमाध्यम ऐन, २०७५ तेस्रो संशोधन पारित गरेको थियो ।