काठमाडौं,२३ असोज । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ ।
गुटेसेर असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तीनदिने नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी र पोखरा जाने कार्यक्रम तय गरिएको थियो । तर, इजरायल र प्यालेस्टिनको बिद्रोही समूह समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले नेपाल भ्रमण स्थगित गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसपछि भ्रमणको मिति तय गरिएको थियो । तर, शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण उनले नेपाल भ्रमण तत्काललाई स्थगित गरेका हुन् । उनले २७ असोजमा संघीय संसद्को संयुक्त बैठकलाई समेत सम्कोधन गर्ने कार्यक्रम तय भएको थियो ।