काठमाडौं, २४ असोज । रास्वपाका सभापति रवि लामिछानेले अख्तियार अनुसन्धान दुरुपयोग आयोगको भूमिकालाई लिएर आलोचना गरेका छन् । राज्य व्यवस्था समितिको आज बसेको बैठकमा बोल्दै सांसद लामिछानेले पछिल्लो समय अख्तियारप्रति डर र भर दुवै नरहेको टिप्पणी गरेका हुन् ।
लामिछानेले ठूला ठूला भ्रष्टाचारका काण्डमा पनि अख्यितारले ठूला माछा समात्न नसकेकोमा गुनासो पोखे । आजको समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि छलफल भएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम