काठमाडौं,२४ असोज । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको प्रमुख सचिवको जिम्मा पूर्व मन्त्री जीवनराम श्रेष्ठले पाएका छन् ।
नेकपा एसको गत हप्ता बसेको सचिवालय बैठकले श्रेष्ठलाई कार्यालय सचिवकोसमते जिम्मेवारी दिने निर्णय गरेको थियो । उनले आजै आफ्रनो पदभार ग्रहणसमेत गरेका छन् ।
पूर्वकार्यालय सचिव तथा उपमहासचिव गंगालाल तुलाधर, कार्यालय उपसचिव केदार संजेल, राजकीय मामला विभागका सचिव सिताराम नेपाल र विष्णु रिजालले श्रेष्ठलाई खादा लगाएर स्वागत गरे ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका श्रेष्ठ गत प्रतिनिधि सभा निर्वाचनमा भने काठमाडौं ८ बाट पराजित भएका थिए । file photo