Logo

हमासको हमलामा परेका तीन जनाको परिवारलाई कर्णाली सरकारले तीन लाख राहात दिने



काठमाडौं,२४ असोज । कर्णाली प्रदेश सरकारले गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएका तीन जनाको परिवारलाई जनही तीन लाख राहात उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशबाट अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेर हमासको महलामा परेका तीन जनाको परिवारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । शनिबार भएको उक्त आक्रमणमा परेर नेपालका १० जना विद्यार्थीले ज्यान गुमाएका थिए । जसमा तीन जना कर्णाली प्रदेशका हुन् ।



प्रतिक्रिया दिनुहोस्