Logo

एमाले सुदूरपश्चिम अधिवेशनः सिंहले पनि फिर्ता लिए अध्यक्षको उम्मेदवारी



काठमाडौं,२४ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका बचनबहादुर सिंहले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेतृत्वले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नेगरी प्रक्रिया अगाडी बढाएपनि सिंहले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

अब अध्यक्षको दुई उमेदवार छन् । कृष्णप्रसाद जैसी र भरत साउदबीच सहमति नजुटे अब निर्वाचन हुने छ । जैसीलाई स्थायी कमिटी सदस्य कर्ण थापाले साथ दिएका छन् भने साउदलाई नेता भीम रावलको साथ छ ।

अबको आधा घण्टा उमेदवारी फिर्ताको समय रहेको र उमेदवारी फिर्ता नभएका पदमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

यसअघि आजै अध्यक्षका अर्का प्रत्यासी कल तिमिल्सिनाले पनि जैसीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्