काठमाडौं,२४ असोज । सरकारले गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणपछि ३५० जना नेपाली राजदूतावासको सम्पर्कमा पुगेका छन् ।
परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयकी प्रपक्ता सेवा लम्सालले सो जानकारी दिएकी हुन् । ‘इजरायलमा रहेका मध्ये ३५० जनाले अनलाइन फारम भर्नुभएको छ’ त्यसमध्ये २८८ जना स्वदेश फर्कन इच्छुक हुनुहुन्छ’ लम्सालले भनिन्, ‘उहाँहरुलाई लिन आजै राति २५० जना क्षमताको वाइडबडी जहाज त्यसतर्फ जाँदैछ।’
शनिबार हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । प्रवक्ता लम्सालका कारण उक्त हमलामा परेर ज्यान गुमाएका नेपालीको शव भने तत्काल नआउने भएको छ । युद्धको भूमिमा रहेको कारण प्रोटोकल मिलाउन समल लाग्ने भएको कारण तत्काल शव ल्याउन नसकिने लम्सालले बताईन् ।