Logo

एसीसी यू-१९ प्रिमियर कप: नेपालको घातक बलिङसामु निरीह इरान



काठमाडौं,२५ असोज । एसिसी यू–१९ प्रिमियर कपमा इरानविरुद्ध नेपालले घातक बलिङ गरिरहेको छ।

नेपालले दिएको ३ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरानले २१ओभरको समाप्तीमा ६१ रन बनाउँदा ६ विकेट गुमाइसकेको छ। नेपालका दिपेश कँडेल, सुवास भण्डारी र आकाश चन्दले समान २ विकेट लिएका छन् ।

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा इरानले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको नेपाल ४०। १ ओभरमा ३ सय ५३ रन बनाउँदा अलआउट भयो। इरानविरुद्ध कप्तान देव खनालले कीर्तिमनी शतक प्रहार गरे। देवले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे।

यू–१९ टोलीबाट दुई शतक हान्ने देव पहिलो खेलाड हुन्। यसअघि उनले गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय पारी खेलेका थिए।

तेस्रो विकेटका लागि कप्तान देव खनाल र दिपक बोहोराले १ सय ६६ रनको शतकिय साझेदारी गरेपछि नेपाल विशाल योगफल बनाउन सहयोग गरे। बोहोरा र खनालले ९८ बलमा १ सय १६६ साझेदारी गरे। दीपक ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए।

विकेटकिपर दीपक प्रसाद डुम्रे ६९ रनमा आउट भए। दीपेश कंडेल २९, आकाश चन्द १९, हेमन्त धामी २३, सुवास भण्डारीले १८ रन थपे। आकाश त्रिपाठी ३ रनमा आउट हुँदा ओपनर अर्जुन कुमाल र मिलन बोहोरा गोल्डेन डक आउट भए।

इरानका लागि दद्रहमान राइसी र लमान निज्मान्दले समान ३ विकेट लिए। समान शेखी र जियाद राइसीले समान दुई विकेट लिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot