Logo

एनआरएनएलाई तत्काल नेपाली नागरिकता दिन रास्वपाको माग



काठमाडौं,२५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी गैरआवासीय नेपाली (एनआरएनए) लाई नेपाली नागरिकता दिन सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा उपसभापति डोलप्रसाद अर्यालले संविधानले एनआरएनएलाई नागरिकता दिन सकिने अधिकार दिएको उल्लेख गर्दै तत्काल नागरिकता उपलब्ध गराउन माग गरे । नगरिकता ऐन जारी भइसक्दा पनि किन नागरिकता नदिएको भन्दै उनले प्रश्न गरे ।

“गैरआवासीय नेपालीले नागरिकता पाएका छैनन्, ऐन पास भए पनि नागरिकता दिने अवस्था छैन । सहजै नागरिकता प्राप्त गर्ने वातावरण बनाऊँ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस्