Logo

किसानलाई दूधको रकम भुक्तानीको व्यवस्था गर्न कांग्रेस सांसद तिमिल्सिनाको माग



काठमाडौं,२५ असोज । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले दूध विक्रेता किसानले दसैँको मुखमा भुक्तानी नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले दूध खरिद गर्ने कम्पनीहरूले खरिद गरेको दूधको रकम भुक्तानी नगरेकोले किसान मर्कामा परेको बताए । उनलेसांसददेखि राष्ट्रपतिसम्मको तलब काटेर भए पनि किसानलाई दूधको मूल्य भुक्तानी गर्नुपर्ने बताएका छन् ।

“देशभर किसान रोइरहेका छन्, दूधको भुक्तानी नदिएर सरकारले के दिन्छ ? हामी माननीयदेखि राष्ट्रपतिसम्मको तलब काटेर भए पनि किसानलाई दूधको भुक्तानी दिन माग गर्दछु,” उनले भने ।



प्रतिक्रिया दिनुहोस्