Logo

महँगी नियन्त्रण गर्न नसक्ने सरकारप्रति जनताको आशा छैनः प्रदीप पौडेल



काठमाडौं,२५ असोज । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार महँगी नियन्त्रण गर्न असफल भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका प्रभावशाली नेतासमेत रहेका उनले सरकारसँग जनताको आश पनि नभएको बताए ।

सांसद पौडेलले भने, ‘महँगीको बारेमा जति कुरा गरे पनि सरकारले नियन्त्रण गर्न सकेन । जनतामा खास आशा पनि छैन ।’

उनले पछिल्लो समय प्रविधिको माध्यमबाट हुने ठगी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्